ओखलढुंगाको हर्कपुरका बासिन्दाद्धारा उपभोग्य सामाग्रीमा रोक

http://sindhulidarpan.blogspot.com/2012/08/news_1279.html
ओखलढुंगा,भदौ ८ ।
ओखलढुंगाको टोक्सेल हर्कपुरका बासिन्दाले सडकले मिचेको जग्गाको भाडा माग्दै हर्कपुरबाट ढुवानी हुने दैनिक उपभोग्य सामाग्रीमा रोक लगाएका छन् । स्थानीयबासिन्दाले ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा ढुवानी हुने दैनिक उपभोग्य सामाग्रीमा रोक लगाएका हुन । उनीहरुले प्रति क्विन्टल ५ रुपैयाँको दरले आफूहरुलाई भाडा दिनुपर्ने माग गरेका छन् । सडकका रुपमा कायम भएको जग्गाबाट भाडा लिन नहुने शर्तमा जग्गाधनीलाई सहमति गरेर पठाएको तर बुधवारदेखि ढुवानीमा अवरोध गरेको जिल्ला प्रसाशन कार्यलय ओखलढुंगाले जनाएको छ ।
जग्गा धनिहरुले विभिन्न बाहानामा सामान ढुवानीमा समस्या पारे कार्बाही गरिने प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुलीले बताउनुभयो । सुनकोसी नदीमा पक्कि पुल नबनेका कारण वर्षायाममा सामान ढुवानी गर्न सजिलोका लागि स्थानीयबासिन्दा यातयात व्यवसायि र व्यापारीहरुले हर्कपुरदेखि माझगाँउको झोलुंगेपुलसम्म १० वर्ष अघि कच्चा सडक बनाएका थिए । कच्ची सडकमा जग्गा पर्ने जग्गा धनीले नाजायज माग राखेर ढुवानीमा अवरोध गर्ने गरेको व्यापारीहरुले बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !