पोखरामा अनिश्चतकालिन रिले अनसन जारी

http://sindhulidarpan.blogspot.com/2012/08/news_8779.html
पोखरा,भदौ ८ ।
पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्णको माग गर्दै नागरिक दवाव समूहले पोखरा विमानस्थल अगाडी सुरु गरेको अनिश्चतकालिन रिले अन्सन आज पनि जारी छ । रिले अनसन अन्तगर्त आज बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म ईश्वरप्रसाद कर्मचार्य, सजिवबहादुर कोइराला, सुमनमोहन भट्टराईलगायतले अनसन बस्ने कार्यक्रम छ । यस्तै दिउँसो ४ बजेपछि दामु अधिकारी, रविन्द्र प्रजु, अमित राज मुल्मीलगायतकाहरु अनसनमा बस्नु हुने पर्यटन ब्यवसायि एवं पर्यटन बोर्डका पुर्व केन्द्रीय सदस्य अग्नी कडेलले जानकारी दिनुभयो ।
अबको एक हप्तासम्म पनि आफूहरुको माग पुरा नभए पोखराबाट हुने हवाई उडान अनिश्चतकालका लागि ठप्प पार्ने विमानस्थल निर्माणका नागरिक दवाव अभियानका संयोजक कृष्णमोहन श्रेष्ठले जानकारी दिनुभयो । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निमार्णको माग गर्दै रिले अनसनमा बसेको नागरिक दवाव समूहलाई सरकारले वार्तामा बोलाएको छ । विभिन्न दवाव मुलक आन्दोलनका कार्यक्रम गर्दै आएका पोखरेलीहरुसँग वार्ता गर्न सरकारले संस्कृती तथा नागरीक उड्यन मन्त्रालयका ऐन–नियम परामर्श शाखाका सह–सचिवको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको हो । यसैबीच आन्दोलनरत पक्षले भने सरकारले गठन गरेको समितिले निकास दिन नसक्ने भन्दै कम्तीमा पनि मन्त्री स्तरीय वार्ता समिति गठन गर्नुपर्ने बताएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !