अध्यादेशबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक आज पनि बस्दै

http://sindhulidarpan.blogspot.com/2012/08/news_24.html
काठमाण्डौ,भदौ ८ ।
मन्त्रिपरिषद् बैठक आज पनि बस्दै छ । विभिन्न अध्यादेशका विषयमा छलफल गरी निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । आजको बैठकमा विभिन्न शीर्षकका ९ वटा अध्यादेश पारित गरी राष्ट्रपतिसमक्ष सिफारिश गर्ने सरकारले तयारी गरेको छ । यसअघि हिजो पनि बसेको मन्त्रिपरिषद् बैठकमा कुनलाई प्राथमिकता दिने भन्ने विषयमा सरकारमा सहभागी दलहरूबीच सहमति हुन नसकेपछि आजसम्मका लागि स्थगित भएको हो ।
आजको बैठकमा निजामति ऐन, स्वास्थ्य, शिक्षा, स्थानीय प्रशासन तथा विभिन्न मन्त्रालयको कार्यविभाजनको हेरफेर, नाम परिवर्तन गर्न केही नेपाल ऐन संशोधन गर्ने तथा संवैधानिक निकाय र राजदूत नियुक्ति, बेपत्ता छानवीन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, राजदूत नियुक्तिसम्बन्धी अध्यादेशबारे छलफल हुने भएको छ । सरकारले यसअघि सिफारिश गरेको दुईवटा अध्यादेशलाई राष्ट्रपतिले अस्वीकार गर्नुभएपछि अब सरकारले एकमतले थप अध्यादेश सिफारिश गर्ने तयारी गरेको हो । आजको बैठक दिउँसो ४ बजेपछि सिंहदरबारमा बस्ने भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !