मकवानपुरको धुरु खोलाबाट १० किवा विद्युत उत्पादन योजना


मकवानपु्र,भदौ १० । 
मकवानपुरको विकट खैराङ गाविस १ स्थित  धुरु खोलाबाट १० किलोवाट क्षमताको विद्युत उत्पादन हुने देखिएको छ । सम्भावव्यता अध्ययनबाट धुरु खोलाबाट १० किलोवाट विद्युत उत्पादन हुने भएपछि योजना निर्माण तयारी गरिएको खैराङ गाविसका पूर्व अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । धुरुखोलालाई थुनेर गाविस कार्यालय आसपासबाट विद्युत उत्पादन गर्दा गाविसको प्रशासनिक कार्यालयहरुलाई समेत सहज हुने उहाँले बताउनुभयो । 

यसअघि नै विभिन्न खोला र खोल्साबाट ग्रामीण विद्युत उत्पादन गरिएको र सौर्यउर्जा योजना समेत सञ्चालन गरिएकाले गाविसलाई टुकीमुक्त गाविस घोषणा गर्ने योजना रहेको बताइएको छ । गाविस, स्वास्थ्यचौकी, प्रहरी तथा अन्य सरकारी कार्यालयहरुमा कम्प्युटर, प्रिन्टर, फ्रिज तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरु सञ्चालन गर्ने लक्ष्यका साथ विद्युत योजना सम्पन्न गर्न योजना निर्माण प्रक्रिया थालिएको मल्लले बताउनुभयो । 

धुरु खोला जलविद्युत आयोजनाका लागि कुल २४ लाख रुपैयाँ लागत लाग्ने बताइएको छ । यसका लागि जिल्ला विकास समिति मकवानपुरले ७ लाख रुपैयाँ बिनियोजन गरिसकेको र अन्य निकाय तथा जनश्रमबाट योजना सम्पन्न गर्नका लागि पहल गरिएको मल्लले बताउनुभयो । कुल ७ सय घरपरिवार रहेको गाविसलाई टुकीमुक्त बनाउनका लागि सौर्यउर्जा तथा पेल्ट्रिक सेट र साना जलविद्युत योजना सञ्चालन गरिएको छ । ६ सय घरधुरीमध्ये एक सय घरधुरीमात्र अहिले टुकीको सहारामा रहेको गाविस कार्यालयले जनाएको छ । 


Related

विविध 378585829049551733

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item