सिन्धुपाल्चोकको उत्तरी क्षेत्रका नागरिकले पाए निःशुल्क रेबिज विरुद्धको खोप

http://sindhulidarpan.blogspot.com/2012/08/news_2642.html
प्रकाश सुन्दास, काभ्रे,भदौ १० ।
सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बराम्ची गाविसका सर्वसाधरणहरुले रेबिज विरुद्धको खोप निःशूल्क पाएका छन् । बौलाहा कुकुरलाई खोप लगाउन गएका पशु स्वास्थ्य कर्मीले सर्वसाधारणसँग ५÷५ सय रकम असुलेको समाचार गएको साउन ३२ गते रेडियो नमोबुद्ध र सामुदायिक सुचना नेटर्वक सीआइएनबाट प्रसारण भएपछि जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले प्रभावित गाविसभरका कुकुरका लागि निःशुल्क रेविज खोप उपलब्ध गराएको हो ।
स्वास्थ्य कार्यालयका प्रमूख डा. अर्जुन तिमल्सिनाको नेतृत्वमा गएको टोलीले वैशाख महिनादेखि गाविसमा देखिएको बौलाहा कुकुर नियन्त्रण गर्न तीन दिने शिविर सञ्चालन गरेको स्थानीय मीनबहादुर श्रेष्ठले जानकारी दिनुभयो । पाङताङ गाविसमा रहेको पशु सेवा केन्द्रका इञ्चार्ज सानुभाई केसीले गाविसको वडा नम्बर ३, ४, ५ र ९ मा रहेको बौहाला कुकुरलाई रेविज विरुद्धको खोप लगाएबापत ५ सय रुपैयाँका दरले किसानहरुसँग रकम असुलेको समाचार सार्वजनिक भएको थियो । बजारमा अधिकतम १ सयदेखि १ सय ५० सम्ममा पाइने रेविज खोप इन्जार्च केसीले काभ्रेको बनेपादेखि औषधि लैजानुपर्ने भएकाले ढुवानी खर्च भन्दै किसानहरुसँग चर्को रकम लिदैँ आएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !