विवादपछि काभ्रेको डाडाँपारिमा बायोइन्जिनियरीङको काम रोकियो


प्रकाश सुन्दास, काभ्रे,भदौ १० ।
निर्माणधिन सडकको तल्लोभागमा विरुवा रोप्ने विषयमा दुईवटा समूहबीच विवाद बढेपछि काभ्रेको डाँडापारी क्षेत्रमा पर्ने साल्मेचाकल गाविसमा बायोइन्जिनियरीङको काम रोकिएको छ । ग्रामीण पुनर्निर्माण तथा पुनःस्थार्पना आयोजना काभ्रेले स्थानीय स्तरमा दुई वटा समूहमार्फत करिब ३९ लाखको लगातमा अम्लीसो र सिमली रोप्ने काम थालेपनि कसले कति क्षेत्रफलमा विरुवा रोप्न पाउने भन्ने विषयमा कुरा नमल्दिा काम नै रोकिएको हो ।

 स्थानीय तहमा गठन गरिएको गाउँ स्तरीय पूर्वाधार समन्वय समितिका पदाधिकारीहरुले मनपरि ढंगले काम गरेको भन्दै ग्रामीण पुनर्निर्माण तथा पुनःस्थार्पना आयोजनाको कार्यालयमा काम रोक्का गर्न निवेदनसमेत परेको छ । कार्यालयले यहि भदौको १५÷१६ गते सम्ममा पूरा गर्ने गरी ७७ सय ५ स्क्वायर मिटरमा करिब ४ लाख ३१ हजार ४ सय ८० वटा विरुवा रोप्न समूहहरुसँग सम्झौता गरेको थियो । अहिले सम्म करिब दुई हजार स्क्वायर मिटरमात्रै विरुवा रोपिएको छ । जसले गर्दा लाखौँ रकम फिर्ता हुने अवस्था आएको कार्यालयले जनाएको छ । डाँडापारी क्षेत्रको फलामेटार, डाँडागाउँ, च्यासिङखर्क लगायत गाविसको विभिन्न स्थानमा आयोजनाले बायोइन्जिनियरीङको काम गर्दै आइरहेको छ ।

Related

विविध 3855447899850551851

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item