चन्द्रमामा पहिलो पटक पाइला टेक्ने आर्मस्ट्रङको निधन

http://sindhulidarpan.blogspot.com/2012/08/tech.html
काठमाण्डौ,भदौ १० ।
चन्द्रमामा पहिलो पटक मानव पाइला टेकेको इतिहास राखेका अमेरिकी अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको ८२ बर्षको उमेरमा निधन भएको छ । ८२ औं जन्मदिनको दुई दिनपछि अगस्त ७ मा मुटुको बाइपास सर्जी गरेका आर्मस्ट्रङका हिजो निधन भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले आज लेखेका छन् ।
निधनको पहिलो खबर अमेरिकाको एनबीसी न्युजले दिएको बताइएको छ । मुटुको शल्यक्रियापछि स्वास्थ्यमा देखिएको जटिलता उहाँको मृत्युको कारण बनेको अन्तर््राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आर्मस्ट्रङले १९६९ को जुलाई २० मा चन्द्र धरातलमा पहिलो पटक मानव पाइला राख्नु भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !