खड्काका समर्थकद्वारा पार्टी कार्यालय घेराउ


काठमाडौं,  साउन ३१ । भ्रष्टाचार मुद्दामा सजाय पाएका पूर्व मन्त्री खुमबहादुर खड्कालाई बचाउन पार्टीले पहल नगरेको भन्दै समर्थकले केन्द्रीय कार्यालयमा घेराउ र नारावाजी गरेका छन् । पार्टी कार्यालय सानेपामा जम्मा भएका खड्काका समर्थकहरुले सर्वोच्चको फैसला पुनरावलोकनका लागि पहल गर्न कांग्रेससँग आग्रह गरे । उनीहरुले प्रतिसोधका कारण तत्कालिन राजा ज्ञानेन्द्र शाहले खड्कालाई भ्रष्टाचारको मुद्धा लगाएको दाबी गरेका छन् । खड्कालाई मंगलबार सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहरिएको भन्दै डेढ बर्ष सजाय र जरिवाना गरेको थियो ।

पार्टी कार्यालय घेराउका क्रममा समर्थकले पूर्वमन्त्री खड्काका पक्षमा नारावाजी समेत गरेका थिए । यसैवीच, खड्काले आफ्ना कानून व्यवसायीहरुसँग पनि परामर्श गरेका छन् । सानेपास्थित निवासमा खड्काले दिउसो छलफल गरेको उनका सहयोगीहरुले जनाएका छन् । कानून व्यवसायीसँगको कुराकानीका बारेमा केही बताईएको छैन ।

उता, उनका कानून व्यवसायीका अनुसार मुद्दा पुनरावलोकन गर्न सकिने प्रावधान रहेको जनाएका छन् । त्यसका लागि खड्का जेल जानुपर्ने हुन्छ । जेलमा बसे पछि मुद्दामा पुनरावलोकनका लागि तोकिएको समय भित्र निवेदन सर्वोच्चमा दिन सकिने कानूनमा प्रावधान रहेको छ । पूर्व मन्त्री खड्काले यो समाचार तयार पार्दा सम्म आफ्नो गरिफ्तारी दिएका छैनन् ।

Related

राष्ट्रिय 1895536301614657874

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item