जवरजस्ती चन्दा उठाउने दुई पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/08/news_8316.html
‘वीर सेना’का नाममा आतंक
काठमाडौं, साउन ३१ । काठमाडौंमा ‘वीर सेना’को नामबाट सवारी साधनमा जवरजस्ती चन्दा उठाउने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार कालिमाटी चोक नजिकै सवारी साधनहरुसँग जवरजस्ती चन्दा उठाउदै गरेको अवस्थामा स्थानीय दुई युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ३० बर्षीय कविदेव सिंह ठकुरी र २२ बर्षीय बुद्धि देउजा रहेका छन् । उनीहरुले ‘वीर सेना’ लेखिएको रसिद थमाएर जवर्जस्ती सवारी साधनहरुबाट रकम असुलेको थाहा पाए पछि प्रहरीले पक्राउ गरेको जनाएको छ । चन्दा आतंक मच्चाउने सो संगठनका बारेमा अनुसन्धन भईरहेको प्रहरी भनाई छ । उनीहरुको साथबाट प्रहरीले नगदी रसिद र केही नगद समेत बरामद गरेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !