नगरपालीकाले आधारभुत सेवा घर दैलोमा दिने


चीना थापा, सिन्धुली,साउन ३१ । 

कमलामाई  नगरपालीका सिन्धुलीले भौगोलिक विकटता भएको भन्दै नगरपालीकावाट जनताले प्राप्त गर्ने आधारभुत सेवाहरु हरेक महिनाको अन्तिम दिन भिमान क्षेत्रमा गएर दिने भएको छ । सरकारले कमलामाई नगरपालीका घोषणा गर्दा तत्कालिन भिमान गाविसका सवै वडाहरुलाई नगरपालीकामा समेटे पछि त्यस भेगका अधिकांस  जनतालाई नगरपालीकामा काम गर्न समस्या भएको थियो । एक महिना अगाडी पुर्व भिमान गाविसका स्थानिय वासिन्दाले जनताले पाउने आधारभुत सेवाहरु जन्म दर्ता,मृत्यु दर्ता,विवाह दर्ता,सम्वन्ध विच्छेद भिमानमा रहेको नगरपालीकाको संयुक्त वडा कार्यालयवाट पाउनु पर्ने माग गरेका थिए । 
जनताको माग अनुसार भिमानमा रहेको संयुक्त वडा कार्यालयवाट त्यस भेगका जनतालाई आधारभुत सेवा प्रदान गर्न थालेको नगरपालीका कार्यकारी अधिकृत युवराज आचार्यले जानकारी दिनुभयो । नगरपालीकाले पहिलो पटक साउन ३१ गते देखी भिमानमा रहेको संयुक्त वडा कार्यालयवाट आधारभुत सेवा भन्दै जन्म,मृत्यु,विवाह दर्ता सम्वन्धी (पन्जीकरण)सेवा जनतालाई दिन थालेको छ । नगरपालीकाले वुधवार भिमानमा पन्जीकरणको सेवा दिए पछि जन्म,मृत्यु र विवाह दर्ता गराउन आउनेहरुको भिडनै लागेको थियो ।

Related

स्थानिय 850072496494732241

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item