देउवा समूहले राजनीतिक निकासको कुरा उठाउने


काठमाण्डौ,साउन ३२ । 

विभाग र अञ्चल प्रमुख छनौटमा आफूहरुसँग छलफल नगरेकोभन्दै देउवा पक्षले तीब्र असन्तुष्टि जनाइरहेको बेला नेपाली काङ्ग्रेसले केन्द्रीय समितको बैठक आज बोलाएको छ । मुलुकको समसामयिक परिवेशको समीक्षा र राजनीतिक तथा संवैधानिक सङ्कटको समाधानको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुने काङ्ग्रेसले जनाएको छ । दिउँसो एक बजेपछि पार्टी कार्यालय सानेपामा सुरु हुने बैठकमा देउवा पक्षले पार्टी विवादभन्दा पनि राजनीतिक समस्या समाधानको कुरा मूल रुपमा उठाउने तयारी गरेकोछ ।


 देउवा पक्षिय मानिनुहुने नेता पूर्णबहादुर खड्काले विभाग तथा अञ्चल संयोजकबाट आफूहरुले दिएको राजिनामा सभापति सुशील कोइरालासँग जोडिएको बताउँदै बैठकमा संवैधानिक र राजनीतिक रिक्ता पूर्तिको विषयमा कुरा राखिने सीआईएनलाई जानकारी दिनुभयो । विभाग र अञ्चल प्रमुख छनौटप्रति असहमति जनाउँदै देउवा पक्षीय १४ विभागीय प्रमुख र चार अञ्चल संयोजकले हिजो सामूहिक रुपमा राजीनामा दिएका थिए ।


 यसअघि संसदीय विभाग प्रमुख पूर्णबहादुर खड्का, अञ्चल संयोजकद्वय ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदले राजीनामा दिइसक्नुभएको थियो । असार पहिलो साता पार्टी सभापति कोइरालाले गठन गर्नुभएको ४२ विभागमध्ये १२ विभाग र पाँच अञ्चल संयोजकको जिम्मेवारी देउवा पक्षका केन्द्रीय सदस्यहरूलाई दिइएको थियो । आगामी सरकारको नेतृत्व गर्ने अवस्था आएमा पार्टीबाट कसलाई प्रधानमन्त्री बनाउनेभन्ने बारेमा पनि केन्द्रीय समितिको बैठकमा छलफल हुने बताइएको छ ।


Related

राष्ट्रिय 6135015883828929448

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item