युवा विद्यार्थी सङ्गनले सरकारविरुद्व मतदान गर्दै



काठमाण्डौ,साउन ३२ । 

विपक्षी दलसम्बद्व १७ युवा विद्यार्थी सङ्गठनहरुले आज सरकारको बैधानिक्ताको विषयमा देशभरमा मतदान गर्दैछन् । मतदानको अहिले केहीबेरपछि राजधानीको प्रदर्शनीमार्गमा काङ्ग्रेस निकटको नेवि सङ्घले उद्घाटन गर्न लागेको अध्यक्ष रञ्जित कर्णले सीआईएनलाई जानकारी दिनुभयो । कर्णका अनुसार राजधानीका करिब १३ स्थानमा मतदान हुनेछ । 

राष्ट्रिय सहमतिको सरकार गठन गरेर राजनीतिक र संवैधानिक सङ्कट समाधान गर्नुपर्ने भन्दै आन्दोलनरत युवा विद्यार्थी सङ्गठनहरुले साङ्केतिक विरोधस्वरुप वर्तमान सरकारको विरुद्व मतदान गर्न लागेका हुन् । राष्ट्रिय सहमतिमा राष्ट्रिय सरकार गठन गर्नुपर्ने, काम चलाउ सरकारले असंवैधानिक प्रकारले राष्ट्रघाती अध्यादेशहरु जारी गर्न नपाइने, भ्रष्टाचार, महङ्गी नियन्त्रण गर्नुपर्ने माग विद्यार्थी सङ्गठनले राखेका छन् । आज भएको मतदानको परिणाम राष्ट्रपतिलाई बुझाइने नेवि सङ्घ अध्यक्ष रञ्जित कर्णले बताउनुभयो ।

Related

विविध 5840454088763609940

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item