मिर्गौला रोगीहरूले आजबाट आमरण अनसन सुरु गर्दै
http://sindhulidarpan.blogspot.com/2012/08/news_5137.html
काठमाण्डौ,साउन ३२ ।
उपचार सहयोगको मागगर्दै गएको २५ गतेदेखि रिलेअनसन सुरु गरेका मिर्गौला रोगीहरूले आजदेखि आमरण अनसन सुरु गर्ने भएका छन् । रिलेअनसनमा बसेको एक सातासम्म पनि सरकारको तर्फबाट कुनै प्रतिक्रिया नआएपछि आजबाट आमरणअनसनमा बस्न लागिएको मिर्गौला रोग पीडित सङ्घर्ष समिति संयोजक रमेश चालिसेले सीआईएनसँग बताउनुभयो । आफूहरुको मागमा सरकार गम्भीर नभएकोभन्दै मिर्गौला रोगीहरुले आजै राष्ट्रपति डा रामबरण यादव समक्ष आफ्नो नागरिक्ता बुझाउँदैछन् ।
विहान १० बजेपछि राष्ट्रपतिलाई नागरिक्ता बुझाउने तयारी भएको संयोजक चालिसेले जानकारी दिनुभयो । नागरिक्ता राष्ट्रपतिलाई बुझाइसकेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा आमरणअनसन बस्ने मिर्गौला रोगीहरुले बताएका छन् । मिर्गौला रोगीलाई एकमुष्ठ रकम उपलव्ध गराउनु पर्ने, विद्यमान कानुनमा संशोधन गरी जोसुकै इच्छुक व्यक्तिले पनि मिर्गौला दान गर्न पाउनु पर्ने, ब्रेन डेथ भएका व्यक्तिको तत्काल मिर्गौला निकाली प्रत्यारोपण गर्ने व्यवस्था तत्काल लागु गर्नुपर्ने, प्रत्येक जिल्लामा एक हेमोडायलासिस केन्द्र सञ्चालन हुनुपर्ने माग मिर्गौला रोगीहरुको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !