कांग्रेसको बैठक एक दिन पछि

http://sindhulidarpan.blogspot.com/2012/08/news_26.html
काठमाण्डौ,भदौ १० ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एकदिन पछि सरेको छ । बरिष्ठ नेता शेरबहादुर देउवासँगको विवाद मिलि नसकेकाले सभापति शुसील कोइरालाले बैठक पछि सार्नु भएको हो । बैठक नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको यही भदौ १२ गतेका लागि डाकिएको थियो ।
विशेष कारणवस उक्त बैठक भदौ १३ गतेका लागि सारिएको कांग्रेसले जनाएको छ । बैठक सार्नाको कारण भने सदस्यहरुलाई जानकारी दिइएको छैन । बैठक १३ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !