डुंगा दुर्घटनामा वेपत्ता १४ जना सम्पर्कमा १६ अझै वेपत्ता


काठमाण्डौ,भदौ १० ।
रौतहट जिल्लाको गम्हरीया बागमती घाटमा पल्टिएको दुर्घटनाबाट १४ जना पौडेर बाच्न सफल भएका छन् । डुँगा पल्टिदा हराइरहेका ३० मध्ये १४ जना गएराती अवेर सम्पर्कमा आएपनि अझै १४ जनाको अवस्था अज्ञात रहेको छ । डुँगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  मुत्यु हुनेमा गम्हरिया–७ निवासी १८ वर्षीया रजीया खातुन, १३ वर्षीया अवसना खातुन र ३५ वर्षीया मिसरता खातुन रहेका छन् । पैतीस वर्षीया सएरा खातुनलाई घाइते अवस्थामा उद्धार गरिएको छ भने शेष मुतिमलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरूको सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयवासीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
उनीहरू धेरैजसो सर्लाहीमा रहेको खेतमा काम गर्न र घाँस काट्न गएका थिए ।  अधिकांश महिला थिए । सर्लाही जिल्लाको मानपुरघाटबाट रौतहटको गम्हरीया पर्सातर्फ आउँदै गरेको डुङ्गामा क्षमताभन्दा बढी यात्रु रहेका कारण पल्टिएको बताइएको छ । डुङ्गामा करिब ५० यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।


Related

राष्ट्रिय 7524255793374136838

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item