अन्तराष्ट्रिय विमानस्थलको माग गर्दै राजनीतिक दलका नेताहरु रिले अनसनमा


पोखरा,भदौ १० । 
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै आज राजनीतिक  दलका नेता रिले अनसनमा बस्ने भएका छन् । विमानस्थल निर्माणका लागि सरकारलाई दवाव दिन पोखराबासीले आज पनि रिले अनसनलाई निरन्तरता दिएका हुन् । विमानस्थल निर्माण सरोकार समितिले पोखरा विमानस्थल अगाडि धर्ना गरिरहेका छन् । अनसनको समय लम्बिदै जाँदा राजनीतिक चासो पनि बढेको छ । अनसन अन्तर्गत आज कास्कीमा राजनीतिक दलका नेतृत्व बस्ने भएका हुन् । यसैबीच पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारले उदासिन देखाएपछि पोखरेली आफैले सांकेतिक रुपमा निर्माणको काम थाल्ने भएका छन् । 

पोखरा विमानस्थल निर्माणको कार्य तत्काल थाल्न चरणवद्ध आन्दोलनमा उत्रीएका पोखरेलीले सांकेतिक रुपमा विमानस्थल निर्माणको काम थाल्ने भएका हुन् । ३८ बर्ष अघिको परियोजनाको ठेक्का स्वीकृत गर्ने अन्तिम समयमा केन्द्रबाट अवरोध गर्न खोजिएको भन्दै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण सरोकार समिति गठनगरी आन्दोलनमा उत्रीएका पोखरेलीले भदौ १३ गते बुधबार प्रस्तावित विमानस्थलको जग्गामा सांकेतिक रुपमा निर्माण कार्य थाल्ने भएका हन् । सरोकार समितिले कुटो, कोदालो, गैची, बेल्चासहित प्रस्तावित विमानस्थलको जग्गामा संकेतिक रुपमा विमानस्थल निर्माण कार्य थाल्ने बताएको छ ।

Related

विविध 4855494483058686458

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item