डुङ्गा दुर्घटनामा मर्नेको संख्या ४ पुग्यो

http://sindhulidarpan.blogspot.com/2012/08/news_268.html
रौतहट,भदौ १० ।
रौतहटको लक्ष्मीपुर घाटमा शनिबार दिउँसो डुङ्गा दुर्घटना मर्नेको संख्या ४ पुगेको छ । घटना स्थलमा आज बिहान १३ बर्षकी प्रतिमा पटेलको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । शनिवार घटना भएको केही घण्टापछि एक जनाको जिवितै उद्धार गरिएको थियो भने राति अबेरसम्म हराइरहेका मध्ये १४ सम्पर्कमा आएको प्रहरी श्रोतले जनाएको छ । अझै केही व्यक्ति बेपत्ता भएको अनुमान गरिएको छ । सर्लाहीको मानपुर घाटबाट यात्रु बोकेर रौतहट जिल्लाको गम्हरियापर्सा गाबिसमा पर्ने बागमती नदीको लक्ष्मीपुर घाटमा आउन लागेको डुङ्गा बागमती नदीमा पल्टिँएको थियो ।
डुङगामा सवार रहेकी १३ बर्षीय अस्तना खातुन, २० बर्षीय राजिया खातुन र ३३ बर्षीय हिरसत खातुनलाई शनिवार साँझ नै प्रहरीले मृत अवस्थामा फेला पारेको थियो । बागमदी नदीमा अझै कति हराइरहेका छन भन्ने जानकारी आउन सकेको छैन । एसर खातुन, सामना खातुन, सखनाथ खातुन, आशा कुमारी लगायत हराइरहेको स्थानियबासीले बताएका छन ।
हराइरहेका हरुको शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीले व्यापक रुपमा खोजी गरिरहेको छ । सर्लाही जिल्ला तर्फबाट खेतमा काम गरेर फर्कदै गरेका र घांस काटेर घर तर्फ डुगामा आउदै गर्दा हिजो दिउसो डुगा पल्टिएको हो । जिल्ला प्रहरी कार्यलय रौतहटका प्रहरी प्रमुख ठूले राई सहित सशस्त्र प्रहरी र सर्लाहीबाट समेत ठूलो संख्यामा आएका सुरक्षकर्मीको टोलीले डुङ्गा भने फेला पारेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !