राजनैतिक किचलोका कारण नबन्ने भयो धुलिखेलमा विमानस्थल

http://sindhulidarpan.blogspot.com/2012/08/news_6794.html
अशोक महत, काभ्रे,भदौ १० ।
त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलको बढ्दो हवाई चापलाई मध्यनजर गर्दै काभ्रेको धुलिखेलमा बनाउने भनिएको विमानस्थल राजनैतिक किचलोका कारण नबन्ने भएको छ । काभ्रेको धुलिखेल स्थित देविस्थान डाडाँमा रहेको ठुलोचौरमा बैकल्पिक बिमानस्थलको लागि उपयुक्त भएको निष्कर्ष निकाल्दै उक्त स्थानमा अध्ययन सकेर बनाउने भनिए पनि धुलिखेलको स्थानिय राजनैतिक किचलोका कारण नबने भएको हो । काभ्रेकै बिभिन्न स्थानमा विमानस्थल बन्ने कुराहरु चले पनि पछिल्लो समयमा काभ्रेको धुलिखेलमा रहेको ठुलोचौरलाई उपयुक्त मान्दै विमानस्थलका बारेमा अध्ययन शुरु भएको थियो ।
यस अघि काभ्रेकै भकुण्डेबेशी, पाचँखाल र नागीडाडाँको पनि बिमानस्थलका लागि भन्दै सर्भे गरीए पनि त्यतिकै थन्किएर रहेको थियो । अब काभ्रे गाबिसको धुलिखेल डाडाँपनी त्यतीकै थन्कने भएको छ । काभ्रे गाबिसका स्थानिय बासिन्दाका साथै राजनैतिक दलका प्रतीनिधीले बिमानस्थल बनाउन माने पनि धुलिखेल नगरपालिका राजनैतिक दलका प्रतिनीधीले बिभिन्न समस्या देखाएपछि बिमानस्थल नबने पक्का भएको छ । १ हजार २ सय मिटर लम्बाई र १ सय ५० मिटरको चौंडाईमा डिटेल सर्भे सकिएको थियो ।
को छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !