फोरम निकट मजदुर नेताको हत्या


वीरगन्ज,  भदौ ८ । मधेसी जनअधिकार फोरम निकट मजदुर संगठनका महासचिवको आज वीरगञ्जमा गोली हानी हत्या भएको छ । मधेसी कारखना श्रमिक फोरमका केन्द्रीय महासचिव रामाशंकर मण्डलको अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

३५ वर्षीय मण्डल पर्साको लालपर्सा–१ का स्थायी बासिन्दा हुन् । वीरगन्जको मुर्ली चोकस्थित नेपाल कृषि सामाग्री कम्पनी लिमिटेडको गेट अगाडि उभिएका मण्डललाई साढे ११ बजे भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकलमा आएका अपरिचित दुई व्यक्तिले गोली हानेको प्रत्यक्षदर्शीले बताए । छातीमा एक राउण्ड गोली लागेका मण्डलको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडमा रासायनिक मल लिन गएका बेला उनी माथि गोली प्रहार भएको थियो ।

Related

विविध 1371410425930885907

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item