राजधानीमा जलवायु परिवर्तनसम्बन्धी क्षेत्रीय सम्मेलन जारी


काठमाण्डौ,साउन २० । 

जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभाव न्यूनीकरणका लागि सामूहिक अवधारणा तय गर्ने उद्देश्यले हिजोदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी दक्षिण एसियाली क्षेत्रीय सम्मेलन आज पनि जारी छ । अखिल नेपाल किसान महासङ्घ तथा अन्तरराष्ट्रिय किसान सङ्गठन दक्षिण एसियाली शाखाद्वारा संयुक्त रूपमा आयोजना गरेको ‘नेपालको कृषि क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव’ विषयक सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का र इन्डोनेसियाका गरी ४० भन्दाबढी कृषिविज्ञ, किसान नेता तथा कार्यकर्ताको सहभागिता छ । 

सम्मेलनमा जलवायु परिर्वतनको जोखिम, कृषि प्रणालीमा नयाँ विकल्प, अतिक्रमित भूमिको सदुपयोग, कृषि नीतिको परिमार्जन जस्ता विषयमा सम्बन्धित देशका विज्ञहरूबीच छलफल गर्ने कार्यक्रम रहेको छ । काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन आज सकिने आयोजकले जनाएको छ । सम्मेलनको हिजो नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उदघाटन गर्नुभएको थियो ।





Related

राष्ट्रिय 997786591011426739

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item