अघोषित लोडसेडिङ्गले सिन्धुलीबासी समस्यामा


सिन्धुली,साउन २०  । 
नेपाल विद्युत प्रधिकरणको अघोषित लोडसेडिङ्गले सिन्धुलीका सर्वसाधार मर्कामा परेका छन । प्रधिकरणले सार्वजनिक गरेको तालिका भन्दा विपरित लाईन काट्दा विद्युतिय उपकरणमा क्षतिपुगेको उनीहरुको भनाई  छ ।
नमस्ते फोटो ग्राफिका संचालक गोविन्द वस्नेत प्राधिकरणले विना जानकारी लाईन काट्दा इन्भटर चार्जमा  समस्या आउने गरेको वताउनु हुन्छ । प्रधिकरणको तालिका अनुसार काममा आएपनि झ्याप झ्याप लाईन काट्दा ६ महिनको लागि वारेण्टी दिएको सामान २ महिना मै विग्रीने गरेको उहाँले वताउनु भयो । विद्युतको भोलटेजमा एकरुपता नहुदा झन समस्या आउने वस्नेतले वताउनु भयो ।
त्यस्तै शिद्धवावा बेकरीका संचालक ध्रुवबहादुर पाण्डे प्रधिकरणले विना जानकारी लाईन काट्दीनाले आफ्नु हजारौँको सामन फाल्नु परेको वताउनु हुन्छ  । तालिका अनुसार काम सुरु ग¥यो तर विचैमा लाईन कट्दा मुछ्ना थालेको पिठो विग्रिने गरेको उहाँले वताउनु भयो ।
नेपाल विद्युत प्रशिकरण शाखा सिन्धुलीका सुपरभाईजर लाल वहादुर तामाङ सिन्धुलीमा आएको विद्युतको तार ९० प्रतिशत जंगलमा पर्ने भएकाले समस्या आएको वताउनु हुन्छ । विस्तारित तार जंगलक्षेत्रमा पर्ने भएकाले विस्तारित तारमा कतै समस्या आएमा आफै लाईन कट्ने गरेको उहाँले वताउनु भयो ।


Related

स्थानिय 6087204574639474996

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item