भत्ताको माग गर्दै मायोज कारखानाका मजदुरहरु आन्दोलित


प्रकाश सुन्दास, काभ्रे,साउन २० । 

काभ्रेको बनेपा पुलबजार नजिकै रहेको मायोज चाउचाउ कारखानामा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । भत्ताको माग गर्दैै कारखानाका मजदुरले आन्दोलन सुरु गरेका हुन् । कम्पनीका मजदुरहरुले ओभरटाईम, दिउँसो तथा रातिको भत्ताको माग गरेका छन् । 

प्रमुख तीन दल निकट मजदुर संगठनहरुले नेतृत्व गरेको आन्दोलनमा रातको समयमा प्रतिघण्टा मजदुरले ५० रुपैयाँ तथा दिउँसो २५ रुपैयाँ भत्ता उपलब्ध गराउन माग गरिएको छ । व्यवस्थापनले रातिको ३५ र दिउँसो २२ रुपैयाँ दिन सहमति जनाए पनि मजदुरले अनाश्वयक शर्त थुपारेको भन्दै मजदुर–व्यवस्थापनबीच वार्ता हुन सकेको छैन । माग पुरा गराउन मजदुरहरुले एक साताको अल्टिमेटन दिएका छन्


Related

विविध 7285762434629095456

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item