असन्तुष्ट नेविसंघको अलग अधिवेशन



नेविसंघमा देउवा समूहको बबाल

काठमाडौं,साउन २० । चरम आन्तरिक विवाद झेल्दै आएको नेपाल विद्यार्थी संघमा पुनः विवाद देखिएको छ । 
नेविसंघको संस्थापन पक्षलाई चुनौती दिदै कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा समर्थक नेविसंघका केन्द्रीय नेताहरुले वीरगञ्जमा अलग महाधिवेशन आह्वान गरेपछि विवाद छताछुल्ल भएको हो । देउवा निकट मानिने नेविसंघका केन्द्रीय सदस्य ऋषिकेशजंग शाहले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर पुसको १६, १७ र १८ गते वीरगञ्जमा महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । उनले सोही मितिलाई केन्द्रमा राखेर अन्य विभिन्न कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

यस अघि नेविसंघको संस्थापन पक्षले पुसको अन्तिम साता महाधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ । संस्थापन पक्षले आफूहरुलाई वेवास्ता गरेर ओझेलमा पार्न खोजेको आरोप देउवा समूहका नेविसंघका नेताहरुको आरोप छ । आफूहरुसँग सल्लाह नगरेर एकपक्षीय रुपमा महाधिवेशन तोकेको आरोप लगाएको देउवा समूहले संस्थापनका कार्यक्रमलाई नमान्ने चेतावनी दिए । देउवा समूहको अलग महाधिवेशन घोषणा र असहयोग पछि नेविसंघको महाधिवेशन पुनः विवादमा घेरिएको छ ।

Related

राष्ट्रिय 3953299631385950960

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item