खेल र खेलाडीमा सिन्धुली
http://sindhulidarpan.blogspot.com/2012/08/sports_5.html
उमा पौडेल,सिन्धुली,साउन २१ ।
सिन्धुली जिल्लाबाट खेल क्षेत्रमा गोपीलाल बम्जनको नाम नोलो होइन, ११ बर्षको उमेरमा खेल क्षेत्रमा प्रवेश गर्नुभएका कराते खेलाडी बम्जन दर्जनभन्दा बढी अन्तराष्ट्रिय खेलमा सहभागि हुनुभएको छ भने १०० भन्दा बढी राष्ट्रिय खेलमा त विजेता नै बन्नुभएको छ । आठौ सार्क खेलमा स्वर्ण पदक, नबौ सार्क गेममा कास्य पदक लगायतका अन्तराष्टिय तथा राष्टिय पुरस्कार प्राप्त गरिसक्नुभएका बम्जन अहिले भने खेलप्रतिको चासो नै घट्दै गएको बताउनुहुन्छ । राज्यले चासो नदेखाएको उहाँ गुनासो गर्नुहुन्छ ।
सिन्धुलीकै पोख्रेलगाउँ निवासी इन्दिरा पोख्रेलको पनि २० बर्ष खेल क्षेत्रमै बितिसक्यो । सयभन्दा बढी राष्ट्रिसहित केही अन्तराष्ट्रिय पदक हात पारिसक्नु भएका पोख्रेल महिलाका लागि खेल क्षेत्र चुनौति र भविष्य दुवै भएको टिप्पणी गर्नुहुन्छ ।

जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अनुसार जिल्लामा राष्ट्रिय स्तरका १२ जना खेलाडी सिन्धुलीमै छन् । जिल्ला खेलकुद विकास समिति सिन्धुलीको तथ्यांकअनुसार जिल्लामा कम्तीमा पनि .१५० महिलासहित ४०० जना खेलाडी खेलकुदमै सक्रिय छन् ।
ती खेलाडीहरुको सक्रियतालाई राज्यले चासो दिएर सहयोग गरे खेल क्षेत्रमा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा पुग्न कुनै आईतवार पर्खनु नपर्ने खेलाडीहरुको भनाई छ ।
ती खेलाडीहरुको सक्रियतालाई राज्यले चासो दिएर सहयोग गरे खेल क्षेत्रमा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा पुग्न कुनै आईतवार पर्खनु नपर्ने खेलाडीहरुको भनाई छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !