भद्रगोल खनियाखर्क कमारेभञ्ज्याङ्ग सडक खण्ड
http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_5058.html
सिन्धुली,साउन २० ।
सिन्धुलीको रतनचुरा गाविस हुदै तिनकन्या जाने खनियाखर्क कमारेभञ्ज्याङ्ग सडक नबन्दै स्थानीयबासीलाई सास्ती हुन थालेको छ । निर्माण कार्यमा जुटेको ग्रामीण पुर्ननिर्माण र पुनस्र्थापना आयोजनाको लापरवाहीले रतनचुरा गाविसका वडा नं. ७, ८ र ९ का स्थानीयवासीका खेतीयोग्य जमिन, खानेपानी सिँचाईका कुलाहरु पुरिदिए पछि स्थानीयबासीले सास्ती खेप्नु परेको हो । निर्माणकर्ताले सडक निर्माण गर्दा जथाभावी माटो फाली दिदा किसानका सिँचाइ कुलो, खानेपानीका स्रोतहरु, खेतीयोग्य जमिन पुरिदिएको स्थानीय लेखबहादुर बस्नेतले बताउनु भयो ।
करोडौ रुपियाँ खर्च गरेर निर्माण थालिए पनि गुणस्तरिय काम नभएको भन्दै भ्रष्टचार भएको हुनसक्ने स्थानीयको आरोप छ । सडक निर्माण हुने भए पछि जुनार किसानहरु उत्साहित भएका थिए, तर अहिले सडकले किसानहरुले सोचे जस्तो फाइदा दिन नसक्ने अड्कल काट्न थालेका छन् । सडक बने पछि जुनार किसानहरुका लागि जुनार ढुवानी गर्न सजिलो हुने आश गरेको तर त्यो आशैमा मात्रै सिमित हुने जुनार विकास महासंघका केन्द्रिय अध्यक्ष दीपकप्रसाद कोइरालाले बताउनु भयो ।
किसानहरुको उत्पादन सजिलै बजारमा पुग्ने आश गरेका किसानहरुको आश सडक निर्माण पुरा नहुदै तुहिएको उहाँको भनाई छ । सिन्धुलीको जुनार अन्तर्राष्ट्रिय बजार सम्म पुर्याउने उद्देश्य भए पनि ढुवानीमा अझै समस्या भएको अध्यक्ष कोइरालाले बताउनु भयो । खनियाँखर्क कमारेभञ्ज्याङ्ग सडक निर्माण पूरा भए पछि त्यो समस्या समाधान हुने भनेर आश गरेका किसानहरु अहिले आफ्नै खेतबारी, कुलो पैनी सडककै कारण पुरिए पछि चिन्तित बनेका छन् ।
१४ दशमलव ५ किलोमिटर लामो खनियाखर्क कमारे भन्याङ्ग सडक खण्ड निर्माण गर्नका लागि भनेर २५ करोड ३८ लाख रुपियाँ मध्ये १४ करोड ३४ लाख रुपैयाँ खर्च भइसकेको छ । कामका बारेमा ग्रामीण पुर्ननिर्माण र पुनस्र्थापना आयोजनाका टिम लिडर विजेन्द्र पासछेलाई सोध्दा उहाँले संचारमाध्यामलाई जानकारी दिनु आवश्यक नरहेको बताउनु भयो । आफूले सवैलाई जानकारी दिइरहनु पर्छ भन्ने नभएको वताउदै कामको बारेमा ढाकछोप गरेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !