बाढीमा बगेर मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
http://sindhulidarpan.blogspot.com/2012/08/news_7811.html
दाङ,साउन २० ।
दाङ देउखुरीमा बाढीमा बगेर मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहिबार रातिदेखि परेको लगातारको बर्षाले दाङ देउखुरीको राप्ती नदी र स्थानिय खहरे खोलाहरुमा आएको बाढीले क्षति पु¥याइ रहेका छन् । बाढीमा बगेर वेपत्ता भएकी सोनपुर–९ भगवानपुरकी कमरुन निसाको शव आज बिहान सतबरियाको त्रिशुलधारीको राप्ती नदिको किनारमा फेला परेपछि मृत्यु हुनेको संख्या ४ पुगेको हो ।
यस्तै बाढिका कारण जोखिममा रहेका गंगापरस्पुर, बेला र लालमटियाका १३ जनालाई करिब १० घण्टापछि गएराति नै नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ । काम गर्दागर्दै डुबाउने गरीे बाढी आएपछि अलपत्र परेका बेला ५ चम्फाका ६ जना, सतबरियाको बनघुस्रीको टापुमा घेरिएर बसेका ५ जना र गंगापरस्पुरमा ज्यान जोगाउन रुख समातेर बसेका २ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बर्षा रोकिएर पानीको सतह घटेपछि त्यस क्षेत्रको जनजीवन सहज हुन थालेको छ । बिहिबार रातीदेखिको परेको अविरल वर्षा संगै आएको वाढीमा वगेर हिजो देउखुरीमा १ जना ससस्त्र प्रहरी सहित ३ जनाको मृत्यु भएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !