निर्वाचनमा एमाले जान तयार रहेको खुलासा


काठमाण्डौ,साउन २३ । 

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी संविधानसभाको निर्वाचनमा जान तयार रहेको खुलासा गर्नुभएको छ । पार्टी स्थायी समितिको केही दिनअघि बसेको बैठकले संसदीय निर्वाचनमा जाने निर्णय गरे पनि सहमतिको सरकार गठन गरेर संविधानसभाको चुनाव गर्न सकिने अध्यक्ष खनालले बताउनुभएको हो छ । 

अहिलेको राजनीतिक र संवैधानिक सङ्कटबाट पार लगाउन दबाब दिने उद्देश्यले रिपोर्टर्स क्लब नेपालले सुरु गरेको अभियान अन्तर्गत पत्रकारहरुको टोलीसँग कुरा गर्दै उहाँले एमाले संविधानसभाबाटै संविधान जारी गर्ने पक्षमा अडिग रहेको बताउनुभयो । अध्यक्ष खनालले एमालेले जातीय सङ्घीयताको पक्षमा कहिल्यै पनि निर्णय नगरेको बताउनुभयो । सहमति, सहकार्य र संवैधानिक बाटो हुँदाहुँदै मुलुकलाई भड्खालोमा जाक्ने काम गरेको सरकार र माओवादी नै वर्तमान सङ्कटको जिम्मेवार भएको भन्दै खनालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकल्परहित रुपमा पद छाड्नु पर्ने उहाँको धारणा छ ।
अध्यक्ष खनालले जनयुद्ध थाल्दा माओवादीले भारतसँग सम्झौता गरेको कुरा सत्य भए माओवादी देशद्रोही सावित हुने दावी गर्दै त्यस्ता देशद्रोही र अपराधीसँग एमालेले सहकार्य गर्ने सम्भावना नभएको बताउनुभयो । देश सन्चालनको चावी अन्तै भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्तै गैरजिम्मेवारपूर्ण भएको दाबी गर्दै खनालले त्यसको वास्तविकता नेपाली जनता माझ स्पष्ट पार्न माग गर्नुभयो ।

दलहरुवीच पाँचबुँदे सहमति हुँदाको र अहिलेको अवस्था बदलिएकोले अब नेकपा एमालेले पनि सहमतिको सरकारको नेतृत्वमा दावी गर्न सक्ने बताउँदै खनालले अहिले आपूmहरूले नेपाली काङ्ग्रेसलाई पर्खिरहेको प्रस्ट पार्नुभयो 


Related

राष्ट्रिय 6125822055802435819

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item