मन्त्रीका गाडी सडकमा निषेध



स्कुल/कलेजका बस चल्न पाउने

काठमाडौं,साउन २३ । एमाले निकट युवा संघ नेपालले आफ्ना संघर्षका कार्यक्रममा हेरफेर गर्दै दोस्रो चरणका  संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर संघका अध्यक्ष महेश बस्नेतले आन्दोलनका क्रम सार्वजनिक गरेका हुन् । कार्यक्रम अनुसार कामचलाउ सरकारका मन्त्रीका गाडीलाई सडकमा निषेध गर्ने, सार्वजनिक विदाका दिन सरकारी गाडी दुरुपयोग भए कब्जा गर्ने, शिक्षण संस्थामा अवरोध नगर्नेलगायतका रहेका छन् ।

‘आन्दोलन अवधिभर अवैधानिक सरकारका मन्त्रीका गाडीलाई सडकमा निषेध गर्ने निर्णय भएको छ,’ उनले भने, ‘आन्दोलनको वेवास्ता गर्दै मन्त्रीले जबर्जस्ती गाडी गुडाएमा मन्त्रीका टाउका पनि फुट्न सक्छन् ।’मन्त्री र सरकारी उच्च पदाधिकारीहरुले विदाका दिन मोजमस्तीका लागि सरकारी गाडीको दुरुपयोग गरीरहेको आरोप लगाएका अध्यक्ष बस्नेतले अब त्यस्ता गाडी खोजी–खोजी कब्जागरेर सम्बन्धित निकायमा जिम्मा लगाउने बताए ।

‘हामी वार्तामा जाँदै जाँदैनौं,’ उनले भने, ‘यो सरकारलाई सत्ताच्युत गराएरै छाड्छौं ।’ यसैवीच संघले आन्दोलनका क्रममा स्कुल र कलेजका गाडीमा अवरोध नगर्ने बताएको छ । उपत्यकाको हकमा भोलिदेखि चक्काजाम एक घन्टा घटाएर बिहान ६ बजेदेखि ९ बजेसम्म कायम गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

संघले आजै दोस्रो चरणका आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । साउन–२६ गते सिंहदरबार घेराउ, २७ गते मुकुण्डो प्रदर्शन,  २८ गते मन्त्री निवास घेराउ, २९ गते देशव्यापी मतदान, ३० गते मत सार्वजनिक र जुलुस प्रदर्शन, ३१ गते मसाल जुलुस, ३२ गते नेपाल बन्दका कार्यक्रम संघले सार्वजनिक गरेको हो ।

Related

राष्ट्रिय 752836365945000890

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item