आज पनि युवा सङ्घको तिन घण्टा बन्द


काठमाण्डौ,साउन २४ । 
प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामाका लागि दबाब दिने उद्देश्यले नेकपा एमाले निकट युवा सङ्घले आह्वान गरेको चार घण्टे नेपाल बन्द आज पनि जारी छ । सङ्घले आज काठमाडौं उपत्यकामा भने एक घन्टा घटाएर तीन घन्टाका लागि मात्रै बन्द आह्वान गरेको छ । 

उपत्यका बाहिर बिहान ६ बजेदेखि सुरु भएको बन्द १० बजेसम्म जारी रहने संघका अध्यक्ष महेश बस्नेतले  जानकारी दिनुभयो । यसैगरी सङ्घको हिजो बसेको बैठकले शैक्षिक संस्थाहरू बन्दको बेला पनि सन्चालन गर्न दिने निर्णय गरेको छ । राष्ट्रिय सहमतिका प्रधानमन्त्रीले तत्काल सत्ता छाडेर वातावरण बताउनुपर्ने, महङ्गी, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने लगायतका मागहरू राख्दै युवा सङ्घले आइतबारदेखि चार घन्टे बन्द आह्वान गर्दै आएको छ । 

Related

राष्ट्रिय 8063289745389530442

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item