गौरवशमशेर राणाले सेनाको नेतृत्व संहाल्ने


काठमाण्डौ,साउन २४ । 
आजदेखि देखि नेपाली सेनाको नेतृत्व रथी गौरवशमशेर राणाले सम्हाल्नुहुने भएको छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङले आफ्नो पदावधि सकिनु एक महिना अघि बिदामा बस्न लाग्नुभएकोले बलाधिकृत राणाले आजदेखि नेतृत्व सम्हाल्न लाग्नुभएको हो । राणालाई प्रधानसेनापति गुरुङले आजै नेपाली सेनाको नेतृत्व हस्तान्तरण गर्नुहुने छ । 

प्रधान सेनापति गुरुङको पदावधि आउने भदौ २४ गते सकिँदै छ । बलाधिकृत राणाले भदौ २४ गतेसम्म कार्यवाहकको रूपमा जिम्मेवारी लिनुहुने छ भने त्यसपछि औपचारिक रूपमा नेपाली सेनाको प्रधानसेनापतिको कार्यभार लिनुहुनेछ  । राणा २०३१ सालमा सहायक सेनानीबाट नेपाली सेनामा प्रवेश गर्नुभएको थियो । उहाँको गएको वर्ष मात्रै रथीमा बढुवा भएको थियो । राणाले बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहस्टमा अधिकृतस्तरको तालिम लिनुभएको छ । 


Related

विविध 3783577520528608152

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item