पत्रकार झाको निधन
http://sindhulidarpan.blogspot.com/2012/08/news_8216.html
काठमाण्डौ,साउन २४ ।
नेपाल पत्रकार महासङ्घ सप्तरीका सदस्य राजविराज–४ निवासी विवेकानन्द झाको हिजोराति निधन भएको छ । मिथिला साप्ताहिकका कार्यकारी सम्पादक तथा श्रमजीवी पत्रकार पारिश्रमिक निर्धारण समितिका सदस्य झा लामो समयदेखि मिर्गाैलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । दुई दशकदेखि मैथिली साहित्य परिषद्सँग आबद्ध भई अध्यक्षसमेत रहिसक्नुभएका झा सप्तरीको पहिलो र नेपालकै दोस्रो मैथिली भाषाको पत्रिका मिथिला साप्ताहिकको संस्थापक हुनुहुन्थ्यो ।
झाको गएको वर्ष फागुनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि इन्फेक्सनबाट प्रभावित झा तीन महिनादेखि शिक्षण अस्पतालमा भर्ना भई उपचार गराइरहनुभएको थियो । झाको निधनले मैथिली साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको परिषद्का निवर्तमान अध्यक्ष देवेन्द्र मिश्रले बताउनुभयो । स्व. झाका श्रीमती, दुई छोरा र एक छोरी छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !