६ दिनपछि शव फेला
http://sindhulidarpan.blogspot.com/2012/08/news_9337.html
दाङ,साउन २४ ।
राप्ती नदीमा आएको बाढीमा वगेर वेपात्ता भएकी दाङको सिसहनिया–९ भगवानपुरकी ४५ वर्षीया कमरुण निशाको सव ६ दिनपछि आज बिहान सानोनदीको किनारमा फेला परेको छ । वेपत्ता भएकी निशाको खोजतलासका क्रममा चैलाही–५ लङ्गडीको सानोनदीको किनारमा फेला पारेका नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटीयाका सभापति गंगराम भट्राईले जानकारी दिनुभयो ।
देउखुरीमा गत १९ गते आएको बाढीमा परेर मृत्यु हुनेको संख्या निशासहित चार पुगेको छ । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्न राप्ती नदी किनारमा पुगेकी कमरुणसँग उहाँका दिदी खैरुन निशाको सव त्यसै दिन फेला परेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !