रौतहटमा आपराधिक घटनामा कमी आएन



रौतहट,साउन ३१ । 

तराईका आठ जिल्लामध्ये  रौतहटमा विशेष सुरक्षा योजना लागु गरिएपनि आपराधिक घटनाहरुमा भने कुनै  कमि आउन सकेको छैन । विशेष सुरक्षा योजना लागु गरेर अपराध घटाउने तथा शान्ति सुरक्षा कायम गराउने नीति सरकारले लिएपनि अपराधिक घटनामा कुनै कमी आउन नसकेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको  तथ्याङ्क हेर्दा आर्थिक वर्ष  २०६६/६७ मा १ सय ९८, २०६७/६८ मा १ सय ८९ र २०६८÷६९ मा फेरि  बढेर १ सय ९८ वटा अपराध घटनाहरु दर्ता भएको छ । 

गएको आर्थिक वर्षमा कत्र्तव्य  ज्यान, सार्वजनिक अपराध, हातहतियार खरखजाना, सवारी ज्यानलगायतको संख्यामा कमि आएपनि अन्य घटनामा भने वृद्धि भएको छ । यता, तराईका बारा, पर्सा, सर्लाही, धनुषा र महोत्तरी जिल्लाहरुमा भइरहेको जघन्य अपराधिक  क्रियाकलापहरुको तुलनामा रौतहट जिल्लामा धेरै सुधार आएको दाबी गर्दै  प्रहरी उपरीक्षक ठुले राईले विगतको बर्षहरुमा दिनदिनै भइरहेका डकैती, अपहरण, हत्याको घटनाहरुमा धेरै नियन्त्रण आएको बताउनुभयो ।


Related

विविध 1735850554499582310

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item