अपाङ्गले पाए कृतिम अंङ्ग



मिनकुमार दाहाल,सिन्धुली,भदौ ९ ।

 कुशेश्वर गाँउ विकास समितीको दुम्जामा संचालन गरिएको अपाङ्ग स्वास्थ्य शिवीरमा विभिन्न अवस्थामा शरिरको विभिन्न अंङ्ग गु माएका व्यक्तीहरुले कृतिम अंङ्ग पाउने भए पछि अपाङ्गहरुको पनि सपाङ्ग हुने दिन आएको भन्दै दङ्ग  परेका थिए ।

जन्मीएको  ६ दिनमा  अपाङ्ग भएकी काभ्रेजिल्ला मंगलटार गाविसकी १२ वर्षिया  पासाङ्ग तामाङ्ग सपाङ्ग हुने भए भन्दै निकै खुसी भइन । मंगलवटारको स्थानिय विद्यायको कक्षा दुई मा पढ्दै छु । विद्यालय जान पनि समस्या भएको थियो । कृतिम खुट्टा पाउने भए पछि अन्य सपाङ्ग साथिहरु जस्तै दुवै खुट्टा टेकेर विद्यालयमा पढ्न जाने भए खुसी हुँदै तामाङ्गले भनिन् ।

  अपाङ्ग पासाङ्ग तामाङ्को आर्थिक समस्याले उपचारमा समस्या भए थियो । दुम्जाको नेपालथोकमा अपाङ्गहरुको लागी स्वास्थ्य शिविर वस्ने जानकारी पाए पछि मंगलटार गाविसकी महिला स्वास्थ्य स्वयमसेविका कुन्जमाया तामाङ्गले आफैले खर्च पासाङ्गलाई लिएर आएकी थिइन । 


यसै गरी दुम्जा गाविसवाटै वोकिएर शिविरमा उपचार गर्न आएकी सन्तमाया जैरुको पनि क्यान्सरले खुट्टा काट्नु परेको वताइन । डेड वर्ष भयो दाहिने कुट्टा काटिएको हिडडुल गर्ने समस्या भैरहेको थियो जैरुले भनिन् । क्यान्सरले देव्रे खुट्टा काटीएका झागाझोली गाविसका भरतराज गिरि पनि कृतीम कुट्टा पाइने आशामा अपाङ्गहरुको लागी संचालन सगरिएको स्वास्थ्य शिविरमा पुगेका थिए । वैशाकी टेक्दै स्वास्थ्य शिविर पुगेका गिरिलाई चिकित्सकले केही महिना  पछि मात्रै कृतीम खुट्टा राख्न सल्लाह दिए भएका थिए । कुशेश्वर गाविस दुम्जाकै विनोद विसंखे किचकन्नेले दुख दिएको भन्दै धामिको विश्वास गर्दा दुख पाएको वताए । विशंखेको शरिर चल्दैन शिविरमा उपचार गर्न आउदा चिकित्सकले प्यारालाइसिस भएको भन्दिए । उपचार पछि निको हुन्छ डाक्टरले भनेका छन् ।
ह्यान्डिक्याप इन्टरनेशनलको सहयोगमा सामुदायीक विकास कार्यक्रम,प्रयास नेपाल सिन्धुली,शिर्जनशिल नेपाल काभ्रे र नेपाल रेडक्रश सोसाइटी दुम्जा उप–शाखाले अपाङ्ग व्यक्तीहरुको लागी निशुल्क स्वास्थ्य शिवीर संचालन गरेका थिए । अपाङ्ग स्वास्थ्य शिविरमा खुट्टा नभएका,पइताला मोडीएको,हाडजोर्नेको समस्याले हिडडुल गर्न समस्या भएको,ढाडकुप्रिएको,पक्षघात भएको,खुट्टा लामो छोटो भएको,हात खुट्टा काटिएर नभएको,रुखवाट खसि मेरुदण्ड पक्षघात भएको,सडक दुर्घटनामा वा द्धन्द्धमा परि अपाङ्ग भएको तथा आगोले पोलेर अपाङ्गता भएको व्यक्तीलाई निशुल्क स्वास्थ्य शिवीर संचालन गरिएको थियो ।
शिविरमा दश वर्षे युद्धमा परि अपाङ्गता भएका  व्यक्तीहरुलाई सवै सुविधा निशुल्क गरिएको थियो ।
अङ्ग भङ्ग भएका व्यक्तीहरुलाई कृतिम अंङ्ग प्रदान गर्ने तथा पक्षघात भएका विरामिलाई फिजीयोथेराफी गरेर उपचार गरिने सामुदायिक विकास कार्यक्रमका संयोजक मिलन श्रेष्ठले वताए । निशुल्क स्वास्थ्य शिवीरमा हाडजोर्ने चिकित्सकहरुको सहभागीता रहेको थियो ।

Related

फोटोखबर 6352330034744276303

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item