सिन्धुलीमा बस दुर्घटनामा,४ जना गम्भिर घाइते
http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_7096.html
ध्रुवचन्द्र खड्का,सिन्धुली,साउन ३० ।
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १ कुँडुलेमा आज यात्रुवाहक वस दुर्घटना हुँदा ४ जना गम्भिर घाइते भएका छन् । सदरमुकाम माढीवजारवाट मरिणतर्फ जाँदै गरेको ना २ ख १४१४ नम्वरको सुपर शुभकामना एक्सप्रेस करिव ४ बजेतिर सडकमा पल्टििएर दुर्घटना भएको हो ।
दुर्घटनामा ४ जना गम्भिर घाइते भएका छन् भने घाइतेहरुलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको छ । क्षमता भन्दा वढि यात्रु बोकेका कारण उकालो उक्लिन नसकेर मध्य सडकमै वस पल्टिएर दुर्घटनाग्रस्त भएको हो ।
![]() |
| तस्विर: सेखर मिश्र,फेसवुक । |



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !