कमलामाई नगरपालिका दमकल किन्ने तयारीमा


सिन्धुली,साउन ३१ । 

कमलामाई नगरपालिका सिन्धुलीले दमकल खरिद गर्ने तयारी गरेको छ । कमलामाई नगरपालीकालाई स्थानिय विकास मन्त्रालयले चालु आर्थिक वर्षमा जसरी पनि दमकल खरिद गर्नुपर्ने भनेपछि नगरपालिकाले दमकल किन्ने तयारी गरेको हो । अन्य संघसंस्थासँग रकम मागेर भए पनि दमकल खरिद गर्ने सोचमा नगरपालिका पुगेको कार्यकारी अधिकृत युवराज आचार्यले वताउनुभयो । 

स्थानिय विकास मन्त्रालय अन्र्तगतको जगेडा कोषको योजनावाट दमकल खरिद गर्ने योजना प्राथमिकतामा राख्न आग्रह गरेको अधिकृत आचार्यले वताउनुभयो ।  

जगेडा कोषको रकम नगर परिषदले विभिन्न योजनामा वितरण गरि सकेको छ । योजना कटौती गरेर दमकल खरिद गर्दा स्थानिय पुर्वाधार विकास प्रभावित हुने भएकाले अन्य क्षेत्रवाट स्रोत जुटाउन पहल गरिएको आचार्यको भनाइ छ । नेपालको बजारमा दमकल ६० लाख देखी साढे २ करोड सम्म पर्ने आचार्यले वताउनुभयो । 



Related

स्थानिय 7600887721296303848

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item