देउवा पक्ष आज सामुहिक राजीनामा दिने तयारीमा



काठमाण्डौ,साउन ३१ । 

पार्टीको विभाग गठन र जिम्मेवारी हेरफेरमा पार्टी सभापतिले मनोमानी गरेको आरोप लगाउँदै काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय सदस्यहरूले केन्द्रीय विभाग र अन्चल संयोजकबाट आज सामुहिक राजीनामा दिने तयारी गरेका छन् । उनीहरूले आज सभापति सुशील कोइरालालाई भेटी राजीनामा दिने लागेका छन् । हिजो र अस्ति देउवा निवास बुढानीलकण्ठमा बसेको असन्तुष्टहरूको भेलाले केन्द्रीय समिति बैठक अघि नै राजीनामा बुझाउने निर्णय गरेको थियो । 

 असन्तुष्ट नेताहरूले पार्टीको विधानअनुसार पार्टी सभापतिले कुनै पनि निर्णय लिँदा समकक्षी तथा केन्द्रीय सदस्यहरूको परामर्श र छलफलबाट गर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि पार्टी सभापतिको एकलौटी निर्णय मान्य नहुने भन्दै सामूहिक राजीनामा बुझाउने निर्णय गरेका हुन् । काङ्ग्रेस केन्द्रीय समितिको बैठक भोलिदेखि सुरु हुँदै छ । सभापति सुशील कोइरालाले गठन गरेको ४२ विभागमा १३ प्रमुख र ६ अञ्चल संयोजक देउवा पक्षका छन् ।

 विभिन्न १२ वटा विभाग थप गरी काङ्ग्रेस सभापति कोइरालाले महाधिवेशन भएको दुई वर्षपछि प्रमुखहरू मनोनित गर्नुभएको थियो । सामुहिक राजीनामा र भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकबारे थप रणनीति बनाउन देउवा पक्षीय नेताहरूको बैठक अहिले केहीबेरमा बस्ने नेता गोपालमान श्रेष्ठले जानकारी दिनुभयो ।



Related

राष्ट्रिय 3328634571177806031

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item