ढुङ्गा प्रहारबाट बृद्धको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/08/death_15.html
कैलाली,साउन ३१ ।
ढुङ्गाले लागेर कैलालीको बलिया ५ बघौरामा हिजो एक जना बृद्धको मृत्यु भएको छ । आपसी विवादका कारण बघौराका मेकेन्द्र तिमिल्सेनाले स्थानिय ५५ वर्षीया बृद्ध रबिलाल कडेललाइ टाउकोमा ढुङ्गाले हान्दा घटना स्थलमानै कडेलको मृत्यु भएको हो । तिमिल्सेनालाइ ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ । तिमिल्सीना अहिले ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !