डेढ अर्व रेमिट्यान्स सिन्धुली भित्रियो
http://sindhulidarpan.blogspot.com/2012/08/sindhuli_9.html
सिन्धुली,साउन २५ ।
सिन्धुलीमा गत आर्थिक वर्षमा करिव डेढ अर्व रेमिट्यान्स भित्रिएको छ । आर्थिक वर्ष २०६८।६९मा सिन्धुलीमा १ अव ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको बैकं तथा वित्तिय सस्थाहरुले वताएका छन् ।
गत आर्थिक वर्षमा धेरै युवा विदेशीने जिल्लाको सुचीमा सिन्धुली पन्ध्रौ स्थानमा रहेको छ ।
भने सोहि आवमा मात्रै पाचँ हजार ८१ जना युवा विदेशिएका थिए । दैनिक औषत ३० लाख र मासिक ११ करोड ८३ लाख सम्मको रेमिट्यान्स कारोवार हुने गरेको अरनिको डेभलपमेन्ट बैकका कुमार श्रेष्ठ वताउनुहुन्छ । रेमिट्यान्स भित्रिने देशहरुको अग्रपतिंमा साउदी अरेविया,कतार,दुवई,जापान लगायत रहेका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !