नयाँ पार्टी गठनको बारेमा आदिवासी नेता र अगुवाबीच विवाद
http://sindhulidarpan.blogspot.com/2012/08/news_3823.html
काठमाण्डौ,साउन २५ ।
विश्व आदिवासी दिवसको अवसर पारेर केही जनजाति अगुवाहरुले राजधानी काठमाडौंमा आज नयाँ पार्टी गठनको घोषणा गर्ने तयारी गरेका छन् । विभिन्न राजनीतिक दलसँग आवद्व भएर असन्तुष्ट जनजाति नेताहरुले सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टी गठनको घोषणा गर्ने तयारी गरेको भए पनि नयाँ पार्टी बनाउने वा तत्काल कार्यदल बनाउने भन्ने बारेमा जनजाति अगुवाहरुकोबीचमा कुरा मिल्न सकेको छैन । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य चैतन्य सुब्बाको संयोजकत्वमा गठित कार्यदलले नयाँ पार्टी निर्माण सम्बन्धी घोषणापत्र तयार पारेको बुझिएको छ ।
नेकपा एमाले त्याग्नु भएका पूर्वसभासद पासाङ शेर्पा, समाजशास्त्री कृष्णबहादुर भट्टचन, महेन्द्र लावती, जितपाल किराँत, बमकुमार बुढा लगायतले नयाँ पार्टी घोषणा गनुपर्नेमा जोड दिएको भए पनि केही जनजाति नेताहरुले भने अहिले तत्कालै पार्टी गठन गर्न नहुनेमा अडान लिएको बताइएको छ । आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले नयाँ पार्टीको गठन गर्ने वा के गर्ने भन्ने बारेमा निक्र्यौल गर्न आन्तरिक छलफल भइरहेको सीआईएनलाई जानकारी दिनुभयो । अध्यक्ष लेखीका अनुसार जनजाति नेता अगुवाहरुबीच सहमति भएमा आज नयाँ पार्टीको घोषणा हुनेछ भने सहमति नबनेमा नयाँ पार्टीको गठन प्रक्रियाको टुङ्गो लगाउन कार्यदल गठन गरिनेछ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !