अमेरिकामा तीज
http://sindhulidarpan.blogspot.com/2012/08/teej.html
दिपक श्रेष्ठ,काठमाडौँ, साउन ३० ।
विदेशमा बसोबास गर्दैआएका कलाकारहरुले नेपाली सङ्गीतको क्षेत्रमा पनि ‘डायस्पोरिक’ साङ्गीतिक योगदान पु¥याउँदै आएका छन् । त्यसको पछिल्लो प्रयत्नको रुपमा गायक एवं सङ्गीतकार सुमन बूढामगरको तीज गीत एल्वम सार्वजनिक भएको छ ।
विदेशमा बसोबास गर्दैआएका कलाकारहरुले नेपाली सङ्गीतको क्षेत्रमा पनि ‘डायस्पोरिक’ साङ्गीतिक योगदान पु¥याउँदै आएका छन् । त्यसको पछिल्लो प्रयत्नको रुपमा गायक एवं सङ्गीतकार सुमन बूढामगरको तीज गीत एल्वम सार्वजनिक भएको छ ।
गायक एवं सङ्गीतकार सुमन बूढामगरले अनलाइन कुराकानीमा जनाएअनुसार, अमेरिकाको ज्याक्सन हाइटको नोर्लिङ रेस्टुरेन्टमा सोमबार गायिका पविता परियारको स्वरमा ‘तीजको सम्झना आयो वरिलै’ एल्वमको लोकार्पण गरिएको हो । सो एल्वममा सुमन बूढामगरको शब्द एवं सङ्गीत रहेको छ । अमेरिकाका लागि नेपाली मिनिस्टर कन्सुलर अमृतकुमार राईले सो एल्वम विमोचन गर्नुभएको हो ।
सुमन इन्टरटेन्टमेन्ट एलएलसीद्वारा विदेशबाट नेपाली कलासंस्कृति संरक्षण एवं प्रवद्र्धनका लागि सो एल्वम स्रोताबीचमा ल्याएको जनाइएको छ । नेपालबाट कलाकृति नेपाल डिजिटल प्रा. लि.ले बजार प्रवद्र्धन गर्ने छ । नरबहादुर रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन साङ्गे ह्योल्मोले गर्नुभएको थियो ।
कार्यक्रममा अमेरिकामा बसोबास गर्दै आउनुभएका प्रा.डा.तारा निरौला, प्रा.डा.गोबिन्द कोइराला, सिन्दू वेलफेर सोसाइटी अमेरिकाका अध्यक्ष बंशलाल मोक्तान, आदिबासी जनजाति महासंघ अमेरिकाका कार्यबाहक अध्यक्ष बिनोद पोमु रिजउड, नेपाली समाजका अध्यक्ष श्री पराजुली, कस्केली समाज बाल्टिमोरका अध्यक्ष नारायण थापा, नेपाली जनसम्र्पक समिति न्युर्योक चय्प्टरका संयोजक कृष्ण पोखेरल, तामाङ सोसाइटी अमेरिकाका अध्यक्ष सांगे रुम्बा, मगर संघ अमेरिकाका सचिब मान रानामगरलगायतको उपस्थिति रहेको थियो ।
उदयपुर जिल्ला नेपालटारकी गायिका पविता परियारको यो पहिलो गीति एल्वम हो ।
कार्यक्रममा अमेरिकामा बसोबास गरेर सामाजिक एवं साँस्कृतिक क्षेत्रमा योगदान पु¥याउने १२ जना महिलालाई सम्मान प्रदान गरिएको थियो । गायिका सपनाश्री परियार, समाजसेवी मृदुला कोइराला, बिष्णुमाया परियार, रबिना थापा, लुना रन्जित, र्नबदा छेत्री, कविता ह्योल्मो, तारा गुरुङ, संगिनी राना मगर, पूर्णिमा ह्योल्मो, बिष्णुमाया परियार र सीता खरेललाई सम्मान प्रदान गरिएको जनाइएको छ ।
सोही अवसरमा गायिका परियारले नर्लिङ रेस्टुरेन्टमा तीन वर्षदेखि गीत गाउँदा प्राप्त टिप्सबाट कमाएको ५० हजार रुपियाँ क्यान्सर पीडित महिलाहरुको सहयोगार्थ सपोर्ट नेपाललाई प्रमुख अतिथिमार्फत् हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथिर्माफत् सो सहयोगलाई सर्पोट नेपालका अध्यक्ष संगीता श्रेष्ठलाइ हस्तान्तरण गरिने जनाइएको छ ।
कार्यक्रममा कोरियोग्राफर विजय नकर्मीको निर्देशनमा तयार पारिएको तीज म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो ।
पोर सालको तीज आउँदा नेपाल जान पाइन
यसपाली त जान्छु भने झनै र्फुसद भईन
लामो समयदेखि विदेशमा बस्दै आएका नेपाली महिलाले तीजको सम्झना गर्दै कार्यक्रममा नाचे, गाएर रमाइलो गरेका थिए । तीज अब नेपाली संस्कृति मात्र होइन, विदेशमा बस्ने नेपालीले पनि पर्वकै रुपमा मनाउन थालेका छन् । गायक एवं सङ्गीतकार सुमन बूढामगर भन्नुहुन्छ–“अमेरिकामा तीजका बेला नेपाली महिला जम्मा भएर निकै रमाइलो गरी पर्व मनाउँछन् । तीज त अब विस्तारै अन्तर्राष्ट्रिय पर्व बन्दैछ ।”




Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !