रौतहटमा गोली चल्दा दुईको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/08/news_8648.html
गौर,साउन ३० ।
हतियारधारी समूहले चलाएको गोली लागेर रौतहटको अकोलवा ८ मा एक दम्पतिको मृत्यु भएको छ । गोली लागेर स्थानीय शेष गफार र उहाँकी श्रमति सहनाज वेगमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हतियारधारी समूहले चलाएको गोली लागेर गफार र वेगमको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनामा स्थानीयबासी शेष सोयव र शेष सकिना घाइते हुनु भएको छ । सकिनालाई थप उपचारको लागि काठमाण्डौ पठाइएको छ भने सोयवको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक ठुले राईले बताउनुभयो । घटनामा संलग्न भएको आशङ्कामा शेष मोवारक र शेष विलटलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको उपरिक्षक राइले जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !