काङ्ग्रेस नेता खड्काको भ्रष्टाचारसम्बन्धि मुद्दाको फैसला आज


काठमाण्डौ,साउन ३० । 

भ्रष्टाचारको मुद्दा खेपीरहनु भएका काङ्ग्रेस नेता खुमबहादुर खड्काको भ्रष्टाचारसम्बन्धि मुद्दाको आज फैसला हुँदैछ । यसअघिको तयारी अनुसार आज फैसला सुनाउने निस्कर्ष निकालीएको र प्राविधिक कारणले नरोकिए आज फैसला आउने सर्वोच्च अदालतले जनाएको छ । लामो सनुवाई पछि न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको ईजलासले फैसला सुनाउने छ ।  

साउन १६ गते दुवैतर्फका कानुन व्यवसायीको बहस सकिएको थियो । पाँच बर्षदेखि सर्वोच्च्मा विचारधीन फैसलाको लामो समयपछि सुनुवाई भएको थियो । यसअघि विशेष अदालतले सफाई दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६३ सालमा सर्वोच्चमा पुनरावेदन गरेको थियो । २०४८ सालदेखि पटकपटक मन्त्री बन्नु भएका खड्काले अकुत सम्पत्ति आर्जन गरेको भन्दै अीखतयारले मुद्दा दायर गरेको थियो । खड्काको २ करोडको सम्पत्तिको स्रोत नखुलेको अख्तियारले दावी गरेको छ ।

Related

विविध 1381653383389653750

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item