नेकपा–माओवादीले राजनीति निकासको धारणा सार्वजनिक गर्दै

http://sindhulidarpan.blogspot.com/2012/09/baidha.html
काठमाण्डौ,भदौ २० ।

नेकपा–माओवादीले राजनीतिक निकासका लागि गोलमेचसभा भएको निस्कर्ष सहित त्यसका लागि दवाव आन्दोलन गर्ने भएको छ । हिजो सकिएको केन्द्रीय समिति बैठकले तय गरेको राजनीतिक निकासको आफ्नो रोडम्याप आज सार्वजनिक गर्दैछ । बिहान पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरि पार्टीको कार्यदिशा र राजनीतिक निकासको प्रष्ट धारणा सार्वजनिक गर्ने प्रवक्ता पम्फा भूषाले जानकारी दिनुभयो ।
माओवादीले राष्ट्रियता, जनजीविका र राजनीतिक निकासका लागि देशब्यापी दवाव आन्दोलन गर्ने निस्कर्ष निकालेको छ । बैठकले द्धन्द्धकालमा भएको जनसत्तालाई पनि विउताउने तयारी गरेको छ । प्रवक्ता भूषाले तत्काल र दिर्घकालीन गरि पार्टीले दुईवटा रणनीति बनाएको जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !