मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाईदै



काठमाण्डौ,भदौ २० । 

उठाऔं सबैले जोडदार आवाज ः बनाऔं मानव बेचबिखन मुक्त समाज भन्ने नाराका ासाथ मानवबेचबिखन विरुद्धको छैटौं राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । मानव बेचविखन जस्तो निकृष्ट कामका विरुद्ध आवाज उठाउन यो वर्षको नारा तय गरिएको सरकारले जनाएको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाईमा विभिन्न संघसंस्थाहरुले अहिले काठमाण्डु भृकुटीमण्डपबाट चेतनामूलक ¥याली निकाल्दैछन् । ¥यालीपछि मानव बेचबिखनका क्षेत्रमा क्रियाशील विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको दिवस मूल समारोह समितिले जनाएको छ । नेपालबाट खासगरी यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, कम ज्यालामा काम लगाउन, होटल, डान्स रेष्टुरेन्टमा काम गराउन तथा लागूपदार्थ ओसारपसार र मानवअंग बेचबिखन जस्ता कामका लागि मानव बेचबिखन हुने गरेको छ । 

नेपालबाट वर्षेनी कति मानिस बेचबिखनमा पर्छन् भन्ने यकिन तथ्यांक सरकारले सार्वजनिक गर्न सकेको छैन । यसको क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्थाहरुको तथ्यांक पनि फरक फरक देखिएको छ । उनीहरुका अनुसार औसतमा वर्षेनी १२ हजार भन्दा बढी नेपाली बेचबिखनमा पर्ने गरेका छन् । केही समय अघि सम्म यौनकार्य र घरेलु श्रमका लागि महिला तथा बालबालिकालाई स्थलमार्ग हुँदै भारतमा लगि बेच्ने घटना धेरै हुने गरेका थिए । तर पछिल्लो समयमा बेचबिखनको स्वरुप र तरिका फेरिएर देशभित्रै र बाहिर रोजगारीको नाममा बेचबिखनमा पर्ने महिला तथा पुरुषको संख्या उस्तै रहेको महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल एट्विनकी कार्यक्रम संयोजक बेनुमाया गुरुङ्गले बताउनुभयो । अशिक्षा, चेतनाको कमी, बेरोजगारी, घरेलु हिंसा लगायतका कारणले मानव बेचबिखनको समस्या जटिल बन्दै गएको उहाँको भनाई छ । 

Related

राष्ट्रिय 6047686217426246892

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item