१० बजेपछि बन्द फिर्ता
http://sindhulidarpan.blogspot.com/2012/09/banda.html
काठमाण्डौ,भदौ २७ ।
गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहप्रति श्रद्धाञ्जलीका लागि विद्यार्थीहरुले आह्वान गरेको नेपाल बन्द १० बजेपछि खुल्ने भएको छ । १२ बजेसम्मका लागि भनिएको बन्द २ घन्टा अघि नै खुल्ने अनेरास्वीयुका अध्यक्ष माधव ढुङ्गेलले सीआईएनलाई बताउनुभयो ।
नेता सिंहलाई श्रादान्जली दिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईसहित दलका प्रमुख नेताहरुपनि सहभागी हुने भएका छन् । युवा तथा विद्यार्थी सङ्गठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गरिनुपर्ने, विद्यार्थीलाई राहत उपलब्ध गराउनुपर्ने, दलहरूबीच सहमति कायम गरी राष्ट्रिय सरकार गठन गरिनुपर्नेलगायतका माग राख्दै बन्दको आह्वान गरेका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !