गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको आज बिहान निधन



काठमाण्डौ,भदौ २७ । 

गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको आज बिहान निधन भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा सिंहको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि हिजो बेलुकीदेखि सघन उपचार कक्षको भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । खुट्टा चलाउन अप्ठ्यारो हुने, ढाड दुख्ने, स्मरण शक्ति कमजोर हुनेलगायत उच्च रक्तचाप एवम् मिर्गाैलाको समस्या भएपछि उहाँ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गत भदौ १७ गते उपचारका लागि भर्ना हुनुभएको थियो । 

नेता सिंहलाई श्रादान्जली दिन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल पुग्नु भएको छ । अस्पतालमा अहिले शुभचिन्तक र शुभेच्छुकहरुको भिड लागेको छ । राष्ट्रपति, विभिन्न दलका नेताहरु पनि अस्पताल पुग्ने कार्यक्रम छ । उहाँको आजै अन्तेष्टि गरिने पारिवारीक स्रोतले जनाएको छ । सरकारले राष्ट्रिय सम्मानका साथ सिंहको अन्तिम सस्कार गर्ने तयारी गरेको छ । त्यस विषयमा छलफल गर्न अहिले बिहान ९ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । विक्रम सम्वत्  १९९१ मा जिन्मिनु भएका सिंहले २०४२ सालमा सिँहदरबारमा बम विस्फोट गराउनुभयो थियो । नेपालको पहिलो रास्ट्रपति चुनावमा एकीकृत नेकपा माओवादीले सिंहलाई प्रस्ताव गरेपनि राष्ट्रपति डाक्टर रामबरण यादवसँग पराजीत हुनु भएको थियो ।

Related

राष्ट्रिय 6906762259046409840

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item