भारत हिँडेका पाँच युवती प्रहरी नियन्त्रणमा
http://sindhulidarpan.blogspot.com/2012/09/nepali.html
पाँचथर,भदौ २८ ।
नेटवर्किङ व्यवसायमा काम गर्न पाइने आश्वासन पाएर भारत हिँडेका पाँच युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको चण्डिगढ जान हिँडेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले हिजो साँझ पाँचथरको सदरमुकाम फिदिमबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरुको साथबाट ४ लाख ८३ हजार रुपैयाँ पनि नियन्त्रणमा लिएको छ । भारत जान हिँडेका युवतीहरू १८ देखि २४ वर्षको रहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम थर र ठेगाना गोप्य राखिएको छ । घटनाका वारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत यामबहादुर पौडेलले बताउनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !