भाइरल ज्वरोका कारण ८५ प्रतिशत विद्यार्थी बिरामी



रमा कार्की, सिन्धुली,भदौ २८ । 

भाइरल ज्वरोका कारण सिन्धुलीको बेलघारी गाविसमा रहेको गोरेसिद्ध प्राथमिक विद्यालयका ८५ प्रतिशत विद्यार्थीहरु विद्यालय जान छाडेका छन् । सुरुमा रुघा लाग्ने,टाउको दुख्ने,घाँटी दुख्ने लक्षण देखिने र भोलि पल्टदेखि उठ्नै नसक्ने गरी ज्वरो आउने भएपछि  विद्यार्थीहरु विद्यालय आउन छाडेको विद्यालयका प्रधानाध्यापक हेमप्रसाद दाहालले बताउनु भयो ।

 त्यस्तै रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा अहिले दिनहुँ जसो ८० देखि ९० जना भाइरल ज्वरोका विरामी आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीका सिनीयर अहेव मोहनबहादुर दाहलले बताउनु भयो । यस स्वास्थ्य केन्द्रमा बेलघारी गाविस वडा नम्बर १,२,३ र भिमस्थानका १, २, ३, ४ र ५ का बिरामीहरु आउने गरेको दाहालले जनकारी दिनुभयो ।

Related

स्थानिय 3663195678304013311

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item