नेकपा–माओवादीको आह्वानमा नेपाल बन्द, बन्द १२ बजेपछि खुल्ने
http://sindhulidarpan.blogspot.com/2012/09/banda_14.html
काठमाण्डौ,भदौ २९ ।
नव गठित नेकपा–माओवादीको आह्वानमा आज गरिएको नेपाल बन्दले जनजीवन प्रभावित भएको छ । बिहान ६ बजेदेखि १२ बजेसम्म नेपाल बन्दको घोषणा गरिएको नेकपा–माओवादीले जनाएको छ । प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजिनामा, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्नुपर्नेलगायतका मागसहित माओवादीले बन्दको गरेको हो ।
आज दिनभर नेपाल बन्द हुने भनिए पनि बाल दिवस परेको भन्दै बन्द छोट्याइएको माओवादीले जनाएको छ । राजधानीमा पनि केही नीजि सवारीसाधन भने चलिरहेको छ भने अहिलेसम्म कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !